त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलः ‘अनावश्यक प्रश्न र केरकारको शिकार’

हामी अनावश्यक प्रश्न र अनावश्यक केरकारको शिकार हुन्छाँै । कतिपय कार्यालयमा प्रवेश गर्दा बेकारका प्रश्न र झण्झटिला प्रकृयाले वाक्क पार्छ । त्यस्ता अर्थ हिन प्रश्न र बेतुकका चेक जाँचबारे आज चर्चा गराँै ।

केही आफ्ना अनुभवहरु सुनाउँछु । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिर्ने गेट भन्दा अलि अगाडि बढेपछि प्रहरीको चेकिङ छ । त्यहाँ उभिएका प्रहरी जवानहरुको केही काम नै छैन । उनिहरु बेकारमा बाटो जाम मात्र गराइरहेका छन् ।

सवारी साधनलाई रोकेर सोधिन्छ सर कता, डोमेस्टीक कि इन्टरनेशनल ? यो प्रश्नको जवाफ किन चाहिने प्रहरीलाई ? अर्को प्रश्न, टिकट छ ? टिकट हेर्नु पर्ने होइन फेरी । अनि गाडी वरपर एसो हेरिन्छ र भनिन्छ, जानुस् ।

यो टाइम र जनशक्तिको बर्बादी हो, टोटल वेस्ट । त्यो गेटमा सुरक्षा जाँच हुनु पथ्र्यो, कसैले विस्फोटक पदार्थ वा लागुऔषध वा हातहतियार ल्याएको छ कि भनेर कडाइका साथ चेक हुनु पथ्र्यो । अनि त्यो चेक प्वइन्टको अर्थ हुन्थ्यो । बेकारका दिन भरी २÷४ जना जवानलाई खडा गरेर जे उत्तर दिए नि फरक नपर्ने प्रश्न सोध्न लगाएर किन समयको बर्बादी गरिएको हो बुझ्न सकिएन ।

कि त त्यो चेक पोष्ट हटाआँै, कि त स्ट्रिक्ट चेक गराआँै । गाडीको डिकिमा विष्फोटक पर्दाथ बोकेर कोही आतकंवादी वा कोही दिमागको तार खस्केको सन्की गयो भने विमानस्थल परिसरमा केहीले पनि रोक्दैन । विश्वास र भगवान भरोसामा चलेको छ । समयमा नै ध्यान दिउँ । अर्को प्रसंग, कुनै पनि कार्यालयमा भेटघाटमा वा काम विशेषले जाने आगन्तुकको नाम, आएको समय, भेट्ने कामको विवरण भरिन्छ ।

यसको प्रयोजन के ? नाम लेखेको ठाँउमा जसको नाम लेखेपनि भयो त्यो हाजिरी कापी जस्तो ढड्डा यत्तिका बर्षमा कति भरिए होलान । ती ढड्डाहरु कहाँ छन् ? फोकटमा आगन्तुकलाई नाम, ठेगाना, आएको गएको समय, भेटभाटको कारण भराएर किन दुख दिनु ।

कुनै बेला कुनै कारणले सही तरिकाले भर्न शुरु गरिएको यो आगन्तुक लगबुक अहिले कर्मकाण्डी भएको छ । यस्तो दुख आगन्तुकलाई दिनै पर्दैन । आगन्तुक लग चाहिन्छ भने कर्मचारीले भर्नु प¥यो । आगन्तुकको आइडी लिनु प¥यो, कम्प्युटरमा इन्ट्री गर्नुप¥यो । उसको आइडी राखेर पास दिनु प¥यो र फर्किएर पास बुझाएर आइडी लैजान्छन् । नत्र यो झण्झटको केही पनि अर्थ देखिदैन ।

अर्को प्रश्न प्राय गेटमा तैनाथ सुरक्षाकर्मीले सोध्छन् । कता जान लाग्नु भएको ? यो गेटमा आएपछि पक्कै पनि यही आएको हो नि । कसलाई भेट्न आउनुभो ? फलानोलाई । के काम थियो ? अब गेटमा उभिएका सुरक्षाकर्मीलाई किन आएको, के कामले आएको सब बेलिबिस्तार किन लगाउनु पर्ने ?

सेम प्रश्न हरेकले सोध्छन् । नाम सोधेपछि कि त भेरिफाइ गर्नुप¥यो । नत्र बेमतलबको प्रश्न पाइलै पिच्छे किन सोध्न लगाएको ? सुरक्षाकर्मीले के सोध्ने र के चेक गर्ने । अन्य कर्मचारीले के सोध्ने र के चेक गर्ने भन्ने कुरा स्पष्ट हुनु जरुरी छ । बेकारका प्रश्न र झण्झटिला चेक जाँचले सबको समय बर्बाद गर्छ ।
सुन्दा सानो तर टोटल्ली वेस्ट प्रश्न बारे सोचौं र बदलिने प्रयास गराँै । सुरक्षाकर्मीहरुलाई सोध्न लगाइएका प्रश्नहरु सान्दर्भिक र अर्थपूर्ण अनि आवश्यक छन् कि छैनन त्यसको पुनरावलोकन हरेक कार्यालय वा निकायले गर्न जरुरी छ । झोला बोकेकालाई सोधिन्छ झोलामा के छ ?

यदी झोला चेक गर्नु पर्ने भए सीधै झोला चेक गरौँ । नपर्ने भए झोलामा के छ भनेर सोध्न जरुरी नै छैन । झोलामा, गाजा छ, बन्दुक छ, बम छ, चरेश छ, २ किलो सुन छ भनेर कसले भन्छ । आवश्यक भए अनिवार्य, स्ट्रीक्ट चेक गरौँ, नत्र यसो सोधेजस्तो गरी सोधेर जनशक्ति र समयको बर्बाद नगरौँ ।

चिसोमा कठ्याङग्रीएर मोटर साइकलमा सवार चालकलाई कागजपत्र चेक गरिन्छ । गाडीमा सवारलाई सोधिन्छ मात्रै, कागज पत्र सबै छ नि हैन हजुर ? लाइसेन्स छैन, ब्लुबुक छैन, प्रदुषण फेल छ भनेर कसैले भन्छ ?

त्यस्तो लोसे प्रश्न सोध्नुभन्दा, लाइसेन्स, ब्लुबुक देखाउनुस् त हजुर भन्नु प¥यो, हेर्नुप¥यो यदि आवश्यक छ भने । नत्र बाइकवाला र गाडी वालामा विभेद गर्नु भएन । चेक नै गर्नुनपर्ने भए विचरा ट्राफिक प्रहरीलाई यो जाडोमा किन दुख दिनु ।

टाइम मै घर जाउन, परिवारसँग बसुन् । अब लास्ट कुरा, यो चाँही फोन गर्दा फलानो हाकिम साब हुनुहुन्छ भनेर सोध्यो भने जवाफ दिनेले सोध्छ, कहाँबाट बोल्नु भा ? जहाँ बाट बोले पनि फरक चाँही के प¥यो ।

फोन दिने, नदिने बिषय सुनेर निर्णय गर्न सकिएला तर एक ठाँउबाट बोले सर हुनु हुनुहुन्छ अर्को ठाँउबाट बोले हुनुहुन्न भन्ने हो र ? त्यस्तालाई ठीक पार्न मैले एउटा आइडिया लगाएको छु ।

कहाँबाट बोल्नुभो भने प्रधानमन्त्री कार्यालयबाट भन्दिन्छु । को बोल्नुभो भने भने केपी ओली भन्दिन्छु । चाहिने प्रश्न सोधौ, चाहिने कागज हेर्नै पर्ने भए सोधेर होईन देखाउनुहोस् भनेर हेरौ । बाकी ९० प्रतिशत बेकारका प्रश्नहरु हटाउ, स्मार्ट बनौ, स्मार्ट बनाउ ।

प्रतिक्रिया दिनुहोस्