ऋण नतिरेको कारण बलिउड नायक अर्जुन रामपाल बिरुद्ध मुद्दा दायर

बलिउड नायक अर्जुन रामपालमाथि ऋण नतिरेको कारण मुद्दा दायर गरिएको छ । अर्जुनले फिल्महरुमा लगानी गर्ने कम्पनी वाई टी इन्टरटेनमेन्ट लिमिटेड बाट रु १ करोड ऋण लिएको तर समय सकिंदा पनि नबुझाएपछि उनी बिरुद्ध कम्पनीले फौजदारी अपराधको मुद्दा दायर गरेको हो ।उनले कम्पनीलाई दिएको चेक बाउन्स भएपछि उनी झन् झमेलामा परेका हुन् ।

रामपालले वाई टी इन्टरटेनमेन्ट लिमिटेडलाई रु १ करोड साँवा र त्यसको ब्याज तिर्न बाँकी रहेको छ । उनले ९० दिनभित्र रकम तिर्नेगरी ऋण लिएका थिए।वाई टी इन्टरटेनमेन्टले अन्यलाई भन्दा कम ब्याजदरमा रामपाललाई लगानी गरेको थियो तर समय पार भइसक्दा पनि रकम बुझाउन नसकेपछि उनी माथि मुद्दा हाल्न परेकाे कम्पनीले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्