विर गोर्खालीको कथा समाबेस फिल्म ‘रुमालै छ चिनो’को ट्रेलर (भिडियाे)

काठमाडौँ । विर गोर्खालीको कथा समाबेस फिल्म ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको निर्देशन दिनेश ठकुरीले गरेका छन् । चन्द्र बहादुर खड्काद्वारा निर्मित फिल्मको गीतको शब्द अर्जुन पोखरेलकाे छ भने संगीत पनि पोखरेलले नै भरेका हुन् ।

विरही कार्की, शब्द अर्जुन पोखरेल, रेशम थापा, कोरियोग्राफी सागर लामा (गोले), द्वन्द्व सम्राट बस्नेतको रहेको छ । बिनोद सापकोटाले खिचेको फिल्मलाई शिव थारुले सम्पादन गरेको छन् । चर्चित लोक गीत ‘रुमालै छ चिनो बोलको गीत गाएका गायक रेशम थापाले फिल्मको कथा तयार पारेका हुन् । पटकथा दिनेश ठकुरीको रहेको छ । प्रोमोमा गोर्खाली योद्धाले देशको सुरक्षाको लागि घर छोडेर गएको देखाइएको छ ।

किशोर खतिवडा, सञ्चिता लुइटेल, सुशान्त कार्की, रश्मी भट्ट, मिथिला शर्मा, सुरविर पण्डित, लक्ष्मण विक्रम बस्नेत, सुरज महरा, सन्ध्या खडका लगायत कलाकारहरुले फिल्ममा अभिनय गरेका छन्। फिल्म फागुन १० गते रिलिज हुने मिति तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्