भारत हुँदै अफ्रिकी मुलुक लैजान लागिएका १३ नेपाली चेलीको उद्दार

काठमाडौं । भारत हुँदै अफ्रिकी मुलुक लैजान लागिएका १३ नेपाली चेलीलाई उद्दार गरी काठमाडौं ल्याइएको छ । नेपाली जनसम्पर्क समिति, भारतले अहमदावाद, बैङ्लोरलगायत स्थानबाट बेचिन लागेका १३ नेपाली चेलीलाई उद्दार गरेर काठमाडौं ल्याएको हो ।

भारतस्थित नेपाली दूतावास र त्यहाँको गृह मन्त्रालयसँगको सहयोगमा उनीहरुको उद्दार गरिएको समितिले जनाएको छ । नक्कली कागजपत्र बनाएर दलालले ती चेलीलाई अफ्रिकाको डान्सबारमा काम लगाई दिने प्रलोभनमा बेच्न लगेको समितिका अध्यक्ष बालकृष्ण पाण्डेले दावी गर्नुभयो । उद्दार गर्नेक्रममा नक्कली कागजात पनि बरामद भएको बताइएको छ ।

समितिले चेली बेचबिखनमा संलग्न दलाललाई कारबाही र उद्दार गरिएकाको बसोबासलगायतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।समितिले पछिल्लो एक महिनामा भारतका विभिन्न स्थानबाट अफ्रिकी मुलुकमा बेचिन लागेका ९१ चेलीको उद्दार गरिएको दावी पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्