चेप्टे चेप्टे पेरुङगो गीत समावेस फिल्म ‘ह्यापी डेज’ युट्युवमा,दयाहाङ र प्रियंकाकाे राेमान्स (भिडियाे)

काठमाडौँ । फिल्म ‘ह्यापी डेज’ युट्युवमा सार्वजनिक गरिएको छ । निर्देशक मिलन चाम्सद्वारा निर्देशित फिल्म ‘ह्यापी डेज’ आज मंगलबार  सार्वजनिक भएको हो ।

फिल्ममा अभिनेता दयाहाङ राईसँगै अभिनेत्री प्रियंका कार्की र संजय गुप्ता प्रमुख भूमिकामा रहेका छन् । पैसा कमाउन बेलायत पुगेका युवाहरूको कथा फिल्ममा समाबेस गरिएको छ । फिल्ममा दयाहाङ राईको दुईतर्फी प्रेम देखाइएको छ । अभिनेत्री दीया पुन र प्रियंका कार्कीको प्रेममा उनी दिवाना भएका छन् ।

‘ह्याप्पी डेज’ लाई रामकुमार केसीले खिचेका हुन्। लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको याे फिल्ममा वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता रहेको छ । यो फिल्मको छायांकन लन्डन, नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशहरुमा गरिएको हाे।

रोमान्टिक ड्रामा मिश्रित यो फिल्ममा दयाहाङ राईसँगै अभिनेत्री प्रियंका कार्की र सञ्जय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स लगायतका कलाकारहरुको अभिनय रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्