बत्ती विनाको बुलिगंटार गाउँ : न सुविधाको नत विकासको उज्यालो

  • प्रकाश सिग्देल,

नवलपुर, १० पुष । नवलपुरको पहाडी गाउँपालिका बुलिगंटार गाउँपालिकाले सडक सञ्जाल र खानेपानीको विस्तारमा तीब्रता दिएको छ ।भूगोल शिक्षा र स्वास्थ्य पूर्वाधार सबै हिसावले पिछडिएको क्षेत्र भएकाले सो क्षेत्र र स्थानीय समुदायको जीवन परिर्वतनको मुख्य आधारनै सडक र पानी भएको महसुस गरी खानेपानी र सडक सञ्जाल बिस्तारमा गाउँपालिकाले तीब्ररुपमा कामहरु अगाडि बढाएको जनप्रतिनिधिहरु बताउछन् ।

गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता सहित कुल ३१ करोड बजेट मध्येबाट १२ करोड विकास बजेट छुट्याएर खानेपानी, सडक र स्वास्थ्यमा रकम खर्च गरेको गाउँपालिका अध्यक्ष शशी चन्द्र बास्ताकोटीले बताउनु भयो । आफनो गाउँपालिकाको केही क्षेत्रहरु अझै पनि गाउँपालिकासंग सडक सञ्जालले नजोडिएको र गाउँपालिकाको सबै क्षेत्रमा खानेपानीको अभाव र शिक्षाको अवस्था निकै दयनीय रहेकाले आफनो टिम खानेपानी, सडक र शिक्षा बिस्तारमा केन्द्रित भएको अध्यक्ष बास्ताकोटी बताउनु हुन्छ । उहाँका अनुसार वडा नम्वर १ मा खानेपानी र बाटो , २ मा बाटो र स्वास्थ्य,३ मा खानेपानी स्वास्थ्य खेलकुद रंगशाला निमार्ण , ४ मा खानेपानी, बाटो र शिक्षा तथा ५ र ६ मा खानेपानीमा बजेट बिनियोजन गरि काम भएको उहाँ बताउनु हुन्छ ।

आफनो गाउँपालिकामा राष्ट्रिय योजना नहुनु र बिजुली बत्तीको अभाव हुनु,प्रदेश राजधानी पोखरासंग जोडनका लागि निमार्ण कार्य थालिएको सडक बिस्तार अलपत्र पर्नु लगायतका कामले पनि बिकासमा केही आफनो ठाउँ पछाडि परेको अध्यक्ष वस्ताकोटीको तर्क छ ।

सो गाउँपालिकाको हात्तीगौडा भन्ने ठाउँ गाउँपालिकासंग अझै जोडिन सकेको छैन् । करिव २० हजार जनसंख्या रहेको सो गाउँपालिकामा शिक्षा स्वास्थ्य, यातायात लगायत अन्य सबै पूर्वाधारको बिकास नहुँदा स्थानीयहरु निकै कठिन अवस्थाकाबीच जीवन धान्य बाध्य भएका छन् । बिकट पहाडी वस्ती भएकैले पनि त्यहाँका स्थानीय समुदायहरुले सामान्य खेती बाली र पशुपालन गरी आफनो दैनिक गुजारा चलाई रहेका छन् । उचित निगरानी र सेवाको अभावका कारण बेलाबेलामा पशुबालीमा लाग्ने रोगका कारणले पनि पशु बालीबाट समेत यी समुदायहरुले लाभ लिन सकेका छैन्न ।

पछिल्लो समय कच्ची सडक निर्माण भएपनि सहजै यातायात सञ्चालन नहुँदा यात्रामा समस्या समेत भएको छ । बिशेष गरी जनजाति समुदायको बाहुल्यता रहेको सो गाउँपालिकामा स्थानीयको जीवनस्तर परिर्वतनका कार्यक्रम सञ्चालन नहुँदा पनि स्थानीयहरु बिकासको मुलधारमा समेत आउन सकेका छैन्न । स्थानीयको जीवन परिर्वतनका लागि स्थानीय क्षेत्रमा रोजगार र स्थानीय उत्पादनलाई व्यवसायिकरण र बजारीकरण गर्न गाउँपालिकाले योजना बनाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्