न्यायिक समितिको काममा भाषाको समस्याः उप प्रमुख गिरी

  • ज्योति कुमार पन्थि,

गुलरिया, १० पुष । गुलरिया नगरपालिकाका उप प्रमुख तथा गुलरिया नगरपालिका न्यायिक समिति संयोजक शुशिला गिरीले न्यायिक समितिको बुझाईमा भाषाले समस्या हुने गरेको बताएका छन् ।

फाउण्डेशन फर जस्ट सोसमईटीको आर्थिक सहयोगमा दलित महिला संघ बर्दियाले गुलरियामा आयोजना गरेको न्यायिक समितिसँग संवाद कार्यक्रममा बोल्दै उप प्रमुख तथा न्यायिक समिति संयोजक गिरीले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उप प्रमुख गिरीले पछिल्लो समय नगरपालिकाको न्यायिक समितिमा दलित समुदायका मुद्वाहरू नगरपालिकासम्म आउन थालेको बताए ।

उनले मुद्वा सँगै आफूहरूलाई धम्कीसमेत दिने गरेको बताउँदै उनले गुलरिया नगरपालिकामा विभिन्न समुदायको बसोबास रहेको हुनाले बुझाईमा समेत समस्या पर्ने गरेकोबताए । दलित महिला संघ बर्दियाले आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै दलित महिला संघ बर्दियाका कार्यक्रम संयोजक हिमा सुनारले २०६४ सालदेखि दलित महिला संघ बर्दियाले लैगिक हिंसा र जातिय भेदभावका विषयमा कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

साथै बर्दिया जिल्लाको गुलरिया नगरपालिका र बढैयाताल गाउँ पालिकामा कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउदै गुलरिया नगरपालिका भन्दा बढैयाताल गाउपालिकामा दलित महिला र बालिका सम्बन्धि घटनाहरू बढदै गएको देखिएको छ । आफूहरू सधै दलित महिलाको हक अधिकारका लागि लागि पर्ने प्रतिबद्वता जाहेर गरे ।

संवाद कार्यक्रममा ओरेक नेपाल बर्दियाका कार्यक्रम संयोजक शर्मिला निरौलाले नगरपालिकामा न्यायिक समिति रहेको भए पनि यसको व्यापक प्रचार प्रसार गर्नु पर्ने औंल्याए । कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाका कानुन शाखाका प्रमुख कपिल घिमिरेले मध्यस्थकर्ताको समेत भुमिका निर्वाह गरि रहेको जानकारी दिए ।

गुलरियामा आयोजना गरियको न्यायिक समितिसँग संवाद कार्यक्रममा बोल्दै दलित महिला संघ केन्द्रीय महाचिव रेणु सिजापतिले दलित महिला संघले जतिय भेदभावका बिरूद्वमा अहिले देशका ५६ जिल्लामा कार्यक्रम सञ्चालन गरि रहेको बताए ।

२५ वर्ष देखि लगातार दलित महिलाको समानताका लागि लागेको बताउँदै यो बिषय सहज नभएको बताउँदै समग्र देशमा महिला पछाडि परेको अवस्थामा दलित महिला अझ बढी पछाडि परिरहेको र उनिहरूको न्यायका लागि आफू अगाडि बढीरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्