नेपाल र युएईबीच जनवरीको अन्तिम साता एक दिवशीय अन्तर्राष्ट्रिय क्रिकेट हुने

काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट् युएईबीचको अन्तर्राष्ट्रिय क्रिकेट सिरिज वान डे इन्टरनेशनल जनवरीको अन्तिम साता हुने भएको छ ।

नेपालले युएईसँग एक दिवसीय र टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा जनवरीदेखि फेब्रुअरी पहिलो सातासम्म युएईमै प्रतिष्पर्धा गर्ने भएको हो । युएईसँग तीन खेलको एक दिवसीय सिरिज खेल्ने नेपालले तीन खेलकै टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज पनि खेल्ने छ । नेपालले युएईसँग अहिलेसम्मकै ठूलो सिरिज खेल्न लागे पनि खेल तालिका भने सार्वजनिक गरिएको छैन ।

नेपाल क्रिकेट संघ (क्यान) लामो समयदेखि आईसीसीको निलम्बनमा परेको हुँदा नेपाली क्रिकेटको व्यवस्थापन प्रत्यक्ष रुपमा आईसीसीले हेर्दै आएको छ । सिरीजका कारण धनगढीमा आयोजना हुने डीपीएलको मिति एक साता पछाडि धकेलिएको छ ।

प्रतिक्रिया दिनुहोस्