लिटरेचर फेस्टिभलः शान्त फेवातालमा उछाल ल्याउन सफल भयो बहस

पोखरा, १० पुष । महोत्सब मध्येकै फरक महोत्सब नेपाल साहित्य महोत्सव अर्थात नेपाल लिटरेचर फेस्टिभल पोखरामा सम्पन्न भएको छ । पुस ७ गतेबाट फेवातालको किनारमा सुरु भएको ४ दिने सातौँ सस्करणको नेपाल साहित्य महोत्सवको आज समापन भएको छ । छैठौ संस्करण सम्म बिशेष महत्व बोक्दै आएको यस महोत्सवले सातौ संस्करणमा पनि छुट्टै महत्व र पहिचान बनाउन सफल भएको छ ।

विशेष गरी यस महोत्सवमा नेपाली तथा विदेशी लेखक, पत्रकार, साहित्यकारहरुको उपस्थिति रह्यो । महोत्सवमा साहित्यिक तथा गैह्र साहित्यिक विषयमा छलफल गरिए । महोत्सवले विदेशी तथा नेपाली साहित्यकारहरुबीच साक्षात्कार गर्ने अवसर दिएको छ भने पाठक र लेखकबीच घुलमिल हुने र उनीहरुको लेखन अनुभूति बारेमा अन्र्तक्रिया गर्ने अवसर समेत दिएको बताइएको छ ।

पी एन क्याम्पसका संस्थापक प्रिन्सिपल जर्ज जोन र यलियम्पा जोनले औपचारीक रुपमा उद्धघाटन गरेको महोत्सवको शुरुवातको सेसन महानायक राजेश हमाल र चर्चित अभिनेत्री मनिषा कोइरालाको साक्षात्कारबाट प्रारम्भ भयो । महोत्सबमा स्तम्भकार खगेन्द्र संग्रौला ,बरिष्ठ पत्रकार विजयकुमार पाण्डे, बरिष्ठ पत्रकार नारायण वाग्ले, संचार क्षेत्रका हट केक मानिएका संचारकर्मी रबि लामिछाने , राजनीतिका आशाका केन्द्र प्रदीप गिरी, गगन थापा, रबीन्द्र मिश्रका साथै अभिनेता र साहित्यकार हरुले साक्षात्कार गरेका थिए । राजनीतिदेखि पत्रकारिता, मि टु जस्ता गहन बिषय लगायत साहित्यका हरेक बिधामा सहभागीहरुले चर्को बहस पनि गरे । कबिता र लेखले महोत्सबको रौनक झनै बढायो ।

समाजका समस्या र बेथितिको बारेमा ब्याङ्ग्य पनि प्रस्तुत गरिए । किताब पढ्ने र किताब बिक्रीको सिलसिलाले महोत्सबलाई अझै गहन बनायो । साहित्यमा नेपाली समाजको लगाब र पढ्ने बानीको बिकास यस कार्यक्रमको मुख्य उद्धेश्य रहेको छ । समाजका परिचित ब्यक्तित्वहरुको सोच र कार्यशैलि उजागरलाई महोत्सवले झल्काउने प्रयास गरेको गर्याे । कला साहित्य संगीतसंगै कार्यक्रमले राजनीतिक र आम नेपालीको भावनालाई सम्बोधन गर्दै सम्पन्न गरियो ।

बुक वर्म नामक संस्थाका अजित बराल र निरज भारीले आयोजना गरेको यो महोत्सवको सह आयोजक र्याण्डम रिर्डस सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेको सहकार्यमा सम्पन्न भएको छ । महोत्सवको मुख्य प्रायोजक आइ एम इ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्