बेहुली माथी सामुहिक कुटपीट, १० जना पक्राउ

  • भगिश्वर लिम्बु,

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका ३ जलजलेमा विबाह मण्डपमै बेहुली माथि सामुहिक कुटपिट भएको छ । कुटपिटबाट २२ बर्षिया बेहुली प्रतिक्षा सम्बाहाम्फे गम्भीर घाईते भएकी छिन् । समुहमा आएका युवाहरुले विबाह मण्डपमै वेहुली माथि आक्रमण गरेका हुन् ।

कुटपिटबाट बेहुली सम्बाहाम्फेको टाउकोमा गहिरो चोट लागेको छ भने उपचारका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । कुटपिटमा परी अन्य ३ जना पनि घाईते भएका छन् । घाईते हुनेमा बेहुलीका दाजु देउमान सम्बाहाम्फे, स्थानीय सुमन खापुङ र टिकादेवी सम्बाहाम्फे घाईते रहेका छन ।

कुटपिटमा संलग्न १० जनालाई पक्राउ गरिएको र अन्यको खोजी भैरहेको तेह्रथुमका प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिनुभयो । बेहुली सम्बाहाम्फेको स्थानीय युवासंग प्रेम सम्बन्ध रहेको र अर्कै केटासंग विबाह गरेपछि आक्रोशित युवाको समुहले बेहुलीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्