झापाको चन्द्रगढी विमानस्थलको स्तरोन्नती गरिंदै

  • राजु पौडेल,

झापा । झापा भद्रपुरमा रहेको चन्द्रगढी विमानस्थलमा स्तरोन्नतीको काम सुरु भएको छ । नेपालका विभिन्न क्षेत्रसँगै भारत, भुटान, बंगलादेश म्यानमारसम्मका यात्रुले प्रयोग गर्ने यो विमानस्थल राति पनि सञ्चालनमा ल्याउने गरी काम जारी रहेको छ । नयाँ योजना अनुसार भिजिवीलिटी समेत बढाइएको छ ।

पूर्वी नाकाको महत्वपूर्ण स्थान बनेको झापा चन्द्रगढी विमानस्थलको सुधारले तीव्रता पाएको छ । विमानस्थलको भौतिक तथा प्राविधिक अवस्थालाई निकै सुधार गरिएको छ । १ हजार ५ सय मिटरको रनवे रहेको विमानस्थलमा पहिले भिएफआर प्रविधि अन्र्तगत विमान अवतरण गर्दै आएकोमा अहिले परिवर्तन गरिएको छ । अहिले स्याटेलाइट बेस्ट डे आइएफआर प्रविधि प्रयोग गरिएको छ ।

पुरानो अवस्थामा विमान अवतरण गर्न कम्तिमा ५ हजार मिटरको भिजिविलिटी आवश्यक रहने गरेको थियो । नयाँ प्रविधिको प्रयोगसँगै २२ सय मिटर भिजिवीलिटी मै विमान अवतरण गर्न सक्ने बनाइएको छ । इन्स्ट्रमेन्ट फ्लाइट रुल्समा दिवा र रात्रि सेवा सञ्चालनका लागि चन्द्रगढी विमानस्थलमा निर्माण कार्य तीव्र गतिमा बढाइएको छ ।

विमानस्थलमा यात्रुको चापलाई ध्यानमा राखेर प्रतिक्षालयको क्षमतामा बृद्धि समेत गरिएको छ । विमानस्थल परिसरमा बगैँचा, चिल्डे«न पार्क र फ्रि वाइफाईको व्यवस्था मिलाइएको छ । जसले आकर्षण बढाएको छ । हाल यो विमानस्थलमार्फत दैनिक करिब एक हजार यात्रुले सेवा लिएका छन् ।

अहिले दैनिक आठ वटा जहाजले उडान भर्दै आएका छन् । जहाजको संख्या बढाइने भएपनि अहिले पार्किङस्थल विस्तार गर्ने कार्य पनि भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्