‘जिंगल बेल’ क्रिसमसका लागि बनाइएको गीत होइन

आज विश्वभर क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव मनाइँदैछ । जब क्रिसमस आउँछ तब विश्वभर एउटै धुन गुन्जिन्छ । ‘जिंगल बेल’ नामको उक्त धुन लोकप्रिय भएपनि त्योे क्रिसमसकै लागि संयोजन गरिएको संगीत भने होइन । पत्याउनुभएन ? यो हेर्नुहोस् ।

यो गीत/धुन निकै लोकप्रिय छ । विश्वभर क्रिसमसका दिन यही धुन बनाइन्छ/गुनगुनाइन्छ । तर, खासमा यो धुन क्रिसमसका लागि भनेर संयोजन गरिएको भने होइन । सन् १८५७ मा जेम्स लर्ड पियरपन्टले लेखेको र उनका छोरा जोन पियरपन्ट मोर्गनले संयोजन गरेको यो गीत ‘थ्यांकस गिभिङ’का लागि रेकर्ड गरिएको थियो ।

तर, सन् १८८९मा यो गीत क्रिसमसको समयमा गुञ्जिन थाल्यो । र, यो क्रिसमसको जनाउ दिने गीत बन्यो । यसलाई विश्वभर सबैभन्दा धेरै देशमा बज्ने गीत मानिन्छ । सन् १९६५ मा दुई अन्तरिक्ष यात्रीले क्रिसमस आउनु भन्दा एक साता अघि पृथ्वीभन्दा बाहिर प्रशारण गरेको कारणले पनि यो गीतलाई क्रिसमसको सबैभन्दा अपरिहार्य संगीतको रुपमा लिन थालिएको हो । यस बाहेक ‘जिंगल बेल’ यो गीतको खास नाम भने ‘एक घोडाको खुला सवारी’ हो । नाम जे भएपनि ‘जिंगल बेल’को धुनसँगै सबैलाई ‘मेरी क्रिसमस’ ।

 

प्रतिक्रिया दिनुहोस्