संसदीय समितिले चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउन सकेन

काठमाडौं । संसदीय समितिले चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउन सकेको छैन । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा उपत्यकाबाहिर मेडिकल कलेज खोल्ने विषय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को विषयमा सहमति जुट्न नसकेको हो ।

समितिका एकथरी सदस्यहरुले एउटा विश्वविद्यालयले ५ वटा भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाइने विषय लागु गर्न नसकिने बताएका छन् । उनीहरुले काठमाडौं बाहिर पनि मेडिकल कलेज खोल्न समस्या पर्ने भन्दै यो विषयमा चिकित्सक गोविन्द केसीको माग हुबहु लागु गर्न नसकिने अडान राखेका छन् ।

अर्काथरी सदस्यले गोबिन्द केसीसंग गरेको सम्झौतालाई आधार मानेर विधेयक पारित हुनुपर्ने अडान राखेका छन् । सांसदहरुले उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नहुने विषयमा सहमत भए पनि उपत्यका बाहिर भने केही सहज रुपमा खोल्ने वातावरण बनाउनु पर्नेमा जोड दिएका छन् । यता, केसीले आफूसँग भएको सम्झौता विपरित विधेयक आए अनशन बस्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्