गरीब, विपन्न र जेहेन्दार विद्यार्थीलाई जाडोको कपडा वितरण

बेझाड। निस्दी गाउँपालिका–१ बाकामलाङ्गका अध्यक्ष पूर्णबहादुर खाँणले गरीब, विपन्न र जेहेन्दार विद्यार्थीलाई जाडोको कपडा ‘स्वेटर’ वितरण गर्नुभएको छ ।

अध्यक्ष खाँणले आफ्नो ४० औँ जन्मदिनका अवसरमा भगवती आधारभूत विद्यालय छपाक्दीका ४३ जना विद्यार्थीलाई जाडोबाट बच्नका लागि ‘स्वेटर’ वितरण गर्नुभएको हो । “जन्मदिनलाई खर्च गरेर तडकभडकसँग मनाउनुभन्दा गरीब, विपन्न र जेहेन्दार विद्यार्थीलाई सानो भए पनि सहयोग पुगोस् भनेर जाडोको कपडा वितरण गरिएका हो,” अध्यक्ष खाँणले भन्नुभयो ।

जाडोयाममा न्यानो कपडा पाएपछि विद्यार्थी पनि खुशी भएका छन् । विद्यार्थीलाई न्यानो कपडा वितरण गरेर अध्यक्ष खाँणले उदाहरणीय काम गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य चनिसरा राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्