मालपोतका कर्मचारी कसरी घुस खान्छन् ?

सुनसरी । कोही सरकारी कर्मचारी सेवा अवधिको ४० वर्षसम्म घुस खाएको भन्न सक्ने एक जना देखाउ भन्ने हिम्मत गर्छन भने कोही कर्मचारी नापी कार्यालयमा नक्सा दिन समेत २-३ सय रुपैयाँ घुस लिएर बेइज्जत गर्छन् ।

सुनसरी मालपोत कार्यालयमा मंगलबार यी सेवा ग्राही फाइल नक्सा निकाल्न पुगेको थिए । नापी कार्यालयमा फाइल नक्सा दिन फैसा लिने गरेको थाहा पाएपछि हाम्रा दर्शक राकेश निरौलाले उनलाई फलो गरे ।

फाइल नक्सा दिने फाँटमा थिए कार्यालयका सहयोगी लोकनाथ घिमिरे । फाइल नक्सा दिनका लागि २ सयदेखि ५ सय दिनु पर्ने कार्यालयको नियमनै रहेछ । यी सेवा ग्राहीले आफ्नो नक्सा लिने बेला ३ सय रुपैयाँ नक्सा तल यसरी राखिदिएर र यी कर्मचारीले अर्को तिर लुकाए ।

एकै छिनमा हाम्रा दर्शकले किन घुस लिएको भन्दा पहिले त उनले घुस लिएको स्वीकार गरेनन् तर पछि सेवाग्राहीले दिएको कारण लिएको भन्दै स्वीकार गरे । सुनसरी नापी कार्यालयमा कार्यालय समयमा कर्मचारी नहुने, बाहिर व्यक्तिगत काममा व्यस्त हुने गरेको नापी कार्यालयका निमित्त प्रमुख अभि कुमारले नै स्वीकार गर्छन् ।

नापी कार्यालयमा एक जना सेवाग्राहीसँग २ सय रुपैयाँ घुस लिए पनि दैनिक सयाँै सेवाग्राही यस्तै काम लिएर पुग्छन् र ति सबैले यसरी घुस नदिइ सुखै छैन ।

प्रतिक्रिया दिनुहोस्