२ लाखमा बलात्कार मुद्दा मिलाउन गाउँपालिका अध्यक्षकै दबाब,प्रम र मन्त्रीलाई उपसचिवको चुनौती ! (भिडियो)

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३१८ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

कार्यक्रमको आजको एपिसोडमा श्रम मन्त्रालय अन्तगत श्रम तथा रोजगार कार्यालय विराटनगरमा कार्यरत उपसचिव प्रेम प्रसाद सज्जेलको सरुवा प्र्रकरण विवादित बनेको छ । यस विषयमा रिपोर्ट प्रस्तुत गर्नुका साथै उपसचिव प्रेम प्रसाद सज्जेलसँग कार्यक्रममा प्रत्यक्ष कुराकानी पनि गरिएको छ ।

कार्यक्रमको आजको एपिसोडमा निम्न रिपोर्टहरु प्रस्तुत गरिएको छः

सरुवाका विषयमा मन्त्री र प्रधानमन्त्रीलाई चुनौति दिए उप सचिवले !

काठमाडौं । उपल्लो तहका कर्मचारीको सरुवामा बढी चलखेल हुने गरेको आरोप कर्मचारीले नै लगाउने गरेका छन् । सरुवा तथा बढुवा आँफू अनुकुल नभएपछि आँफूले घुस दिन लिन नसकेको कारण सरुवा भएको भन्ने अधिकांशको गुनासो हुन्छ । केही समय अघि वीर अस्पतालका चिकित्सक डा धुव्रराज अधिकारीले चाकडी र घुस डिमाण्ड अनुसार दिन नसकेकोले वीर अस्पतालमा नभएको भन्दै राजीनाम दिएका थिए ।

मालपोतका कर्मचारी कसरी घुस खान्छन् ?

सुनसरी । कोही सरकारी कर्मचारी सेवा अवधिको ४० वर्षसम्म घुस खाएको भन्न सक्ने एक जना देखाउ भन्ने हिम्मत गर्छन भने कोही कर्मचारी नापी कार्यालयमा नक्सा दिन समेत २÷३ सय रुपैयाँ घुस लिएर बेइज्जत गर्छन् । सुनसरी मालपोत कार्यालयमा मंगलबार यी सेवा ग्राही फाइल नक्सा निकाल्न पुगेको थिए । नापी कार्यालयमा फाइल नक्सा दिन फैसा लिने गरेको थाहा पाएपछि हाम्रा दर्शक राकेश निरौलाले उनलाई फलो गरे ।

कपिलवस्तुमा बलात्कार घटना मिलाउन गाँउपालिका अध्यक्षको दबाव !

कपिलवस्तु । कपिलवस्तु शुद्धोधन गाँउपालिकाकी एक बलात्कृत किशोरीलाई पीडकसँग मिल्न गाँउपालिकाका अध्यक्षले नै दबाब दिएको खुलेको छ । गत पुष ७ गते शनिबार बिहान गाँउपालिकाको वडा नम्बर २ मदारगढकी २१ वर्षीया किशोरीलाई सोही स्थानका ३० बर्षिय सोलिन्दर अहिरले जबरजस्ती करणी गरेको युवतीको आरोप छ ।

मन्टेशरीको दादागिरीः क्रिसमसको दिन सेन्टा सुट ड्रेस नलगाएको भन्दै विद्यार्थीलाई निकाले !

काठमाडौं । पछिल्लो समयमा बालबालिकाहरुको हेरचाहका साथै लेख पढ सिकाउने मन्टेशरीहरु आफूखुसी बालवालिकाहरुलाई जे पनि सिकाईरहेको गुनासा आइरहेका रहेका छन् । त्यसको एउटा उदाहरण कलंकीको सफल मन्टेशरी प्रि प्राइमरी स्कुल एण्ड ट्रेनिङ सेन्टर बनेको छ ।

प्रतिक्रिया दिनुहोस्