कान्छी छोरीसँगै १ कक्षामा पढ्दै तुलसी, ८ र ९ मा पढ्ने छोरा-छोरी अर्को विद्यालयमा

  • सुरेश श्रेष्ठ

दाङ ।  तुलसीपुर उपमहानगरपालिका वडा नम्बर- ६ गोलौराकी तुलसी परियार आफ्नो पाँच वर्षीया छोरी लक्ष्मीसँगै विद्यालय जान्छिन् । आफ्नी छोरी लक्ष्मीलाई विद्यालय पुरार्‍याउन गएकी होइनन्, तुलसी । उनी त पढ् छोरीसँगै पढ्नका लागि गएकी हुन् ।

५ वर्षीया छोरी लक्ष्मी र ३० वर्षीया आमा तुलसी पशुपति प्राथमिक विद्यालयको कक्षा १ मा पढ्छन् ।  लक्ष्मीकाे सहपाठी बनेकी ३० वर्षीया आमा तुलसीकाे रोल्न नम्बर ४ छ । तुलसीकी अर्की छोरी सोही विद्यालयमा कक्षा ५ पढ् छिन । ७,८ र ९ कक्षामा पढ्ने छोरा-छोरी अर्को विद्यालयमा पढ्छन् ।

‘पढ्ने उमेरमा बिहे भयो, विद्यालय जान पाइन,अब पढाइको महत्त्व बुझे ।’ तुलसी भन्छिन्, ‘घरपरिवारमा सरसल्लाह गरे, अनि कान्छी छोरीको साथमा सँगसँगै एउटै कक्षामा पढ्न सुरु गरेकी हुँ । सुरुमा अलि अप्ठ्यारो महसुस त भएको थियो, तर लाज मानेर हुँदैन भन्ने सोच बनाए र नियमती कक्षामा जाने थाले ।’

उनललाई विद्यालय जान श्रीमानले पनि राेकेनन् । उनीले भनिन्, ‘श्रीमानले पनि जाँउ नै भन्नुभयो, तर गाउँघरमा भने कुरा काटे जस्तो लागेको थियो । शिक्षा कसलाई आवश्यक पर्दैन र त्यसैले जसले जे भने पनि विद्यालय जान्छु।’

उनकाे एसईईसम्मकाे पढाइ पूरा गर्ने धोका छ । बिहानभर गृहिणीको काम सम्हाल्छिन् । उनले भनिन् बिहानभर घरकाे सबै काम सम्माल्नुपर्छ, खान तयार गर्छु, छोराछोरी परिवारलाई खुवाउने खुवाउछु ।’ सबै परिवारलाई खाना खुवाई सकेपछि आफूले पनि खाना खाएर, भाडाकुडा धाेएर विद्यालय जाने गर्छिन् ।

३० वर्षीया तुलसी ५ वर्षीया छोरीसँगै एउटै कक्षामा पढ्न आउँदा विद्यालयले सकारात्मक रूपमा लिएको शिक्षकहरू बताउछन् । विद्यालयले तुलसीको शिक्षा प्रतिको लगनशीलतालाई सकारात्मक लिएको शिक्षक लालबहादुर खड्काले बताए । विद्यालय जाने उमेर समूहका बालबालिकालाई तुलसी नमुनाको भएकी शिक्षक खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्