काठमाडौं उपत्यकामा आज यसवर्षकै सबैभन्दा धेरै चिसो

काठमाडौं । काठमाडौं उपत्यकामा आज यसवर्षकै सबैभन्दा धेरै चिसो महसुश गरिएको छ । मौसम विज्ञान विभागका अनुसार आज विहान पौने नौ बजे गरिएको मापन अनुसार काठमाडौंको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । यो यस वर्षकै सबैभन्दा कम मापन हो ।

हिउँदे वर्षा भयो भने काठमाडौं उपत्यकाको तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको छ । तर, तत्काल वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि सन् १९७८ मा काठमाडौं उपत्यकाको तापक्रम माइनसमा झरेको थियो ।

त्यसपछि काठमाडौंमा शून्यभन्दा तल झरेको रेकर्ड छैन । जुम्लामा भने सबैभन्दा चिसो छ । त्यहाँको तापक्रम माइनस ८ डिग्री सेल्सियस छ । डडेलधुराको शून्य दशमलव ७ र दिपायलको १ दशमलव ८ डिग्री सेल्सियस तापक्रम छ ।

प्रतिक्रिया दिनुहोस्