प्रहरीलाई १६ करोडको हल चाहियो, गाडीमा कुनै लफडा छैनः प्रवक्ता उत्तमराज सुवेदी (भिडियो)

काठमाडौं, ११ पुष । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि निर्मम हत्या भएको लामो समय भइसकेको छ । यसरी लामो समयसम्म पनि प्रहरीले वास्तविक दोषीलाई सार्वजनिक गर्न नसक्दा नेपाल प्रहरी प्रति नेपाली जनताको विश्वास घुमिसकेको छ । निर्मला हत्या प्रकरणको अनुसन्धानमा नेपाल प्रहरी पुनः एकपटक चुकेको छ ।

पहिलो पटक कुनै बलियो प्रमाणविनै दिलिपसिंह विष्टलाई सार्वजनिक गरेर विश्वास गुमाएको नेपाल प्रहरी दोस्रोपटक प्रदीप रावल र विशाल चौधरीको नाम सार्वजनिक गर्दा चुकेको हो । यसरी निर्माला हत्या प्रकरणमा प्रहरी बारम्बार चुकिरहँदा महानिरीक्षक सर्वेन्द्र खनालले आफैले पनि हतारमा नतिजा खोज्दा गलत अभ्यास भएको स्वीकार गरिसकेका छन् ।

महानिरीक्षक खनालले निर्दोषलाई पक्राउ गरेर अभियोग स्वीकार गर्न दबाव दिएको एकपछि अर्को घटना सार्वजनिक हुँदा प्रहरी अनुसन्धानमा कमजोरी भएको स्वीकार गरेका हुन् ।

यसै विषयमा कुराकानी गर्नका लागि न्युज २४ टेलिभिजनले आफ्नो नियमित प्रस्तुति ‘इस्यु अफ डे’ नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीलाई आफ्नो स्टुडियोमा निम्त्याएको छ । प्रवक्ता सुवेदीले पनि निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा भएको कमजोरी स्वीकारेका छन् ।

यता विभिन्न अपराधको छानविनमा चुक्दै आएको प्रहरी संगठन सुविधाको नाममा भने उदार बन्ने प्रयासमा रहेको बताए छन् । यसका साथै प्रवक्ता सुवेदीले आइजीपीलाई चाहिएको गाडीदेखि करोडौं हललाई प्रहरीले सुविधा नभइ ‘अति आवश्यक’ भएको बताएका छन् ।

बाँकी भिडियोमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्