तीनजुरे, मिल्के र जलजले क्षेत्रमा पर्यटन सूचना केन्द्र स्थापना

  • भगिश्वर लिम्बु,

तेह्रथुम । गुँरासको राजधानीका रुपमा परिचित पूर्वी नेपालको प्रमुख गन्तव्यस्थल तीनजुरे, मिल्के र जलजले क्षेत्रमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ ।

संखुवासभाको चैनपुर–१ को गुफा बजारमा स्थापना गरिएको सूचना केन्द्रबाट पर्यटकीय स्थल, आवत–जावतको रुट तथा स्थानीय कला, संस्कृति र भेषभुषाबारे जानकारी पाइने छ ।

एउटै वनमा २८ प्रजातिका गुराँस पाईने यो क्षेत्रमा सूचना केन्द्रले आन्तरिक र बाह्य पर्यटकलाई सहज हुने ठानिएको छ । समुन्द्र सतहदेखि २ हजार ८ सय ९० मिटरको उचाइमा रहेको गुफा बजारबाट मौसम खुलेको बेला मकालु, कञ्चनजङ्गा, ल्होसे र सगरमाथा शिखरको अवलोकन गर्न सकिने छ ।

गुफा बजार हुँदै कञ्चनजङ्गा र मकालु हिमाल भ्रमण र तमोर नदीमा ¥याफ्टिङ गर्ने बढेसँगै सूचना केन्द्र स्थापना गरिएको हो । सूचना केन्द्र स्थापनासँगै पर्यटकीय गतिविधि थप बढ्ने स्थानीयको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्