अब नर्भिकको विस्तारित सेवा कलेजो प्रत्यारोपणतर्फ !

काठमाडौं । नेपाली चिकित्सा फाँटमा विगत २५ वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको चिकित्सा सेवा पु¥याउँदै आएको निजी क्षेत्रका एक बहुआयामिक, वहु वैशिष्ट्य एवम् अग्रणी स्वास्थ्य सेवा प्रदायक संस्था–नर्भिक इन्टरनेशनल हस्पिटलले निकट भविष्यमै कलेजो प्रत्यारोपण सेवाको सुरुवात गर्ने भएको छ । निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालित यस हस्पिटलले नेपाली चिकित्सा फाँटका विविध विधामा अग्रणी हुने श्रेय पाएको छ ।

स्तरीय व्यवस्थापनका लागि आइ.एस.ओ. प्रमाणिकरण प्राप्त गर्ने राष्ट्रकै पहिलो यस हस्पिटलले सन् २००० मै मुलुकमै सर्वप्रथम क्याथल्याव सेवाको शुभारम्भ गर्दै मुटुरोग लगायत अन्य इन्टरभेन्सनल प्रक्रियाहरुमा अग्रणी भूमिका खेल्दै मुटु स्वचालित अवस्थामै जटिल मुटुरोग शल्यक्रिया, स्नायु शल्यक्रिया लगायतका १० औं हजार जटिल शल्यक्रियात्मक उपचार सेवामा समेत कोशेढुङ्गा स्थापित गर्न सफल भइसकेको छ ।

झण्डै डेढ दशकपूर्व स्थापित भई सनः २०१२ मा देशकै अत्याधुनिक सुविधासम्पन्न पाचन प्रणाली उपचार केन्द्र (DDC) का रुपमा रुपान्तरीत हुँदै नर्भिकको उक्त केन्द्रले पेट तथा कलेजोका अत्यन्तै जटिल रोगहरुको उपचार गर्दै आइरहेको छ ।

साथै इन्डोेस्कोपीक अल्ट्रासाउण्ड र वेलुन इन्टेरोस्कोपी जस्ता प्रविधिमा अग्रणी यस केन्द्रले इण्डोस्कोपी, कोलोनोस्कोपी तथा पोलीपेक्टोमी इण्डोस्कोपिक अल्ट्रासाउण्ड, इ.आर.सी.पी. इन्टेरेस्कोपी, वेलुन डायलाटेसन जस्ता प्रक्रियाहरु गरी ७५००० भन्दा बढी सफल प्रक्रियाहरु गरिसकेको छ, भने आर्गन ल्पाज्मा कोगुलेसन जस्ता प्रविधि तत्कालै भित्रिने तयारीमा छन् ।

डी.डी.सी. को विस्तारित विशिष्ट चिकित्सा सेवा अन्तर्गत बरिष्ठ चिकित्सक तथा पेटरोग विशेषज्ञ डा. मधु घिमिरेको नेतृत्वमा आरम्भ गरिने उपर्युक्त सेवा सञ्चालनमा डि.डी.सी प्रमुख डा. सन्दीपराज कुँवर लगायतका पेटरोग विशेषज्ञहरु पनि संलग्न रहनेछन् ।

हाल नर्भिक पूर्वाधार निर्माणमा केन्द्रित रहेको, सेवा सञ्चालनका लागि प्रक्रियागत लाइसेन्स लिने कार्यलाई अगाडि बढाएको र थप चिकित्सकीय तथा अन्य मानव संशाधनको तयारीमा जुटेको छ । मानव संशाधन विकासतर्फ कलेजो प्रत्यारोपण विशेषज्ञ शल्य चिकित्सकहरु, कलेजो प्रत्यारोपण विशेषज्ञ चिकित्सकहरु (कलेजो रोग विशेषज्ञ/फिजिसियन), कलेजो प्रत्यारोपण विशेषज्ञ रेडियोलोजिष्ट, कलेजो प्रत्यारोपण विशेषज्ञ वाल चिकित्सक र कलेजो प्रत्यारोपण विशेषज्ञ प्याथोलोजिष्ट आदि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्