पिइएफ बास्केटबल सुरु, छात्र र छात्रातर्फ १०–१० स्कुलको सहभागिता

काठमाडौं । प्रोग्रेसिभ एजुकेसनल फोरम (पिइएफ) को आयोजनामा छैटौँ पिइएफ कप अन्तरस्कुल बास्केटबल टुर्नामेन्ट सुरु भएको छ । कुमारीगालस्थित मोक्षदा स्कुलमा भइरहेको सो प्रतियोगितामा छात्र र छात्रातर्फ १०–१० स्कुलको सहभागिता रहेको छ ।

पहिलो दिनको सिनियर छात्रतर्फको पहिलो खेलमा मोक्षदा स्कुलले न्यू इङ्लिस स्कुललाई १९–२ ले पराजित ग¥यो । त्यसैगरी आफ्नो समूहको दोस्रो खेलमा मोक्षदाले महान् सिद्धार्थ हाई स्कुललाई १६—९ ले पाखा लगायो ।

सिनियर छात्रतर्फका अन्य खेलमा अनमोल ज्योतिले मिसन पब्लिकलाई २२–२ को फराकिलो अन्तरले पराजित ग¥यो भने दुर्गा भवानीले न्यु सनसाइनलाई १४–६ ले हराया । त्यसैगरी सोही समूहका अन्य खेलमा ज्ञानदीप शिक्षा सदन र लभ्ली एन्जल्स पनि विजयी भएका छन् ।

त्यसैगरी छात्रातर्फ पनि मोक्षदाले विजयी सुरुआत ग¥यो । मोक्षदाले दुर्गा भवानीलाई ११–४ ले पराजित ग¥यो । त्यसैगरी छात्रातर्फका अन्य खेलमा अनमोल ज्योतिले लभ्ली एन्जल्सलाई ६–४ ले तथा निमोनिकले ज्ञानदीपलाई ५–२ ले पाखा लगाए । यसै समूहका अन्य खेलमा निमोनिक, मिसन पब्लिक, अनमोल र लभ्ली एन्जल्स विजयी भएका छन् । टुर्नामेन्ट आगामी शुक्रबारसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्