तीन महिना सयम्बुको खुल्ला आकाशमूनी रात कटाएका एउटै घरका आमा,छोरा र नातिहरुको यस्ताे छ पीडा

कठमाडौँ । मानव जीवनले हरेक पाइलापाइलाहरुमा खुसी र पीडालाई अंगाल्दै अघि सर्नुपर्ने हुन्छ । एक बच्चाले जन्म लिदा परिवारमा खुसीको सीमाना नै हुँदैन । घरको कुना काप्चालाई एउटा बच्चाको आगमनले उज्यालो छाइदिन्छ ।

जन्मदेखि निरन्तर जीवन जिउँदै गर्ने क्रममा धेरै अवरोहहरु आइरहेको हुन्छ । उक्त क्रममा साहार विहिन पनि हुन पुग्छ । यस्तै जीवन भोगेका थिए सांखुकी साइली स्याङतान, उनको छारो र छोराका दुई सन्तानहरुले। साइलीको माइति घर बालजु हो उनी २३ वर्षको उमरमा साखुमा प्रेम विवाहा गरेरे आएकी थिइन् । जव सम्म श्रीमान थिए तबसम्म उनको जीवन राम्रो संगै वितेको उनी बताउँछिन् ।

श्रीमानको मृत्यु भइसकेपछि उनको जीवनमा अन्धकार छाउँदै गयो । छोराको दुई सन्तान्को आमाले पनि छाडरे गइन् । श्रीमतिले छाडेपछि छोरामा पनि चिन्तले बास लियो । घर बनाउने काम गरेर खान दिने साइलीको छोरा पनि दिन दिनै बिरामी हुदै गए । भएको सम्पतिमा पनि देवर र जेठाजुहरुले कब्जा गरेको साइली बताउँछिन् । उनीहरुले साइलीको परिवारलाई सडकमा बास बनाइदिए ।

सडक मै जीवन बिताइरहेका उनीहरुलाई सामाखुसी स्थित मानव सेवामा ल्याएको मानवसेवाका सुमान मानवसेवाले बताए । साइली तामाङको एउटा छोरा र छोराको दुई बच्चाहरु र साइली स्वयम्बुको खुल्ला आकाशमूनी दुई तीन महिनासम्म अरुले दिएको विस्कुट , फलफुल जस्ता खानेकुरा खाएर विताएको साइली बताउछिन् । सडकको जीवन विताएको पललाई सम्झदै गहभरी आँसु पार्छिन् साइली । अहिले मानवसेवा आश्राममा उनीहरु एकदमै खुसी हुदै बसेका छन् ।

साइली भन्छिन् घरको भन्दा पनि राम्रो वातवरण छ यसैले याँहा खुसीसंग जीवन विताइरेका छौ । उनीहरुलाई मानवसेवाले नयाँ जीवन दिएको छ । साइली जस्तै धेरै जनालाई आश्रमले गास, बास र कपास दिएका छन् । मानसेवामा पाइला टेकेपछि उनीहरुले खुसीका साथ जीवन विताइरेका छन् ।

प्रतिक्रिया दिनुहोस्