सुनचाँदीकाे भाउ बढ्यो

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको भाउ स्थीर छ भने चाँदिको भाउ बढेको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउमा कुनै उतारचढाव नहुँदा बुधबार नेपालीबजारमा मूल्य स्थीर रहेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार फाइन गुणस्तरको सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन प्रति तोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भयो ।

तर चाँदी मंगलबारको तुलनामा ५ रुपैयाँले बढेर प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्