इण्डोनेसियाका राष्ट्रपतिलाई शोक सन्देश पठाउँदा यस्तो गल्ति

काठमाडौं । इण्डोनेसियामा सुनामीका कारण ठूलो क्षति पुगेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले विज्ञप्ति मार्फत सुनामीकाबाट क्षति पुगेको इण्डोनेसियाका राष्ट्रपतिलाई शोक सन्देश पठाउँदा गल्ति भएको छ ।

गल्ति भएको विषयमा यतिखेर सामाजिक संजालमा चर्को आलोचना भएको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको उक्त विज्ञप्तिमा गम्भीर त्रुटि फेला परेको हो । अंग्रेजी भाषामा पठाइएको विज्ञप्तिमा सुनामीका कारण धनजनको क्षति भएकोमा इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाइ बधाई भनेर लेखिएको छ ।

अहिले भने मन्त्रालयले विज्ञप्ति सच्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्