किन प्राविधिक पक्षमा ध्यान दिइएन जहाज खरीद गर्दा ? (भिडियाे)

काठमाडौँ । सार्वजनिक खरिद प्रकृयामा सरकारले अपनाउने पर्ने विधि र प्रक्रियाको मापदण्ड कस्तो हुनुपर्छ भन्ने बारेमा यतिबेला संसदमा वाइडबडि जहाज खरिद प्रकारणको विषयमा निकै ठूलो टिकाटिपनी भइरहेको छ ।

वाइडबडि जहाज खरिद प्रकारणमा सार्वजनिक लेखा समिती त्यसै गरी सरकारले आ आफ्नो प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । महालेखाकोको प्रतिवेदन , लेखा समितीको निष्कर्श सरकारले बनाउने प्रतिवेदन या समितीबाट आउने निष्कर्श जस्ता विषयले थप अशंका उव्जियएको छ । सरकारले सार्वजनिक खरिद जस्तो प्रकृयामा बेलैमा ध्यान नदिदा जहाज खरिद प्रकरणले ठूलो रुप लिएको छ । वाइड बडी विमान खरीद प्रक्रियाबारे छानबिन गर्न गठित उपसमितिले पुस १८ गते आफ्नो प्रतिवेदन बुझाउँदै उक्त प्रकरणमा रु चार अर्ब ३५ करोड ५६ लाख घोटाला भएको ठहर गरेको थियो ।

वातवरण इन्जिनियर द्रुत अर्थिक विकासका अनुसन्धान कर्ता डा. नवराज खतिवडाका अनुसार जहाज आयो र त्यो जहाज कहाँ उडाउने भन्ने कार्ययोजना नै नभएको भन्दै खरिद गर्न मात्रै हतार गरेको बताए । कसैले जहाज खरिदबाट फाइदा लिएको र घोटाला भएको समचार बाहिरिएपछि सरकारको स्थिती के हो त अथवा जुन निकायले खरिद ग¥यो त्यसको स्थिती के हो जस्ता संकालाई बाहिरा ल्याउन  र वास्तविकता कुरा आम जनतामा सार्वजनिक नहुदा संकाको खाडल बढ्दै गएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्