कसैको दबाबको आधारमा कालोधन अब सेतो हुँदैनः खोज पत्रकार केन्द्रका अध्यक्ष नम्रता शर्मा

काठमाडौं । गरीब देशका केही व्यक्तिको हैसियत विदेशी बैंकमा रकम राख्ने सम्मको छ । अझ अगाडि बढेर नेपालको कानून विपरित केही व्यक्तिले विदेशमा लगानी गरेको सम्म पाइयो । त्यसमाथि ट्याक्स हेभन अर्थात कर छलीका लागि अनुकुल देशहरुमा ।

यसरी विदेशमा लगानी गर्ने र संसारकै चर्चित स्वीस बैंकमा रकम राख्ने नेपालीहरुमा केही परिचित अनुहार भए पनि केही भने गुमनाम व्यक्तिहरु पनि छन् । यो हैसियत उनीहरुले कहाँबाट बनाए त्यस्को चर्चा अहिले सर्वत्र हुन थालेको छ । नेपाल सरकार लगानीका लागि विदेशीलाई गुहार्ने तर नेपालीहरुकै अकुत सम्पत्ति भने विदेशमा रहने यो प्रवृतिले मुलुकको आर्थिक सम्बृद्धिको लक्ष्यमा पनि गम्भीर व्यङ्ग गरेको छ ।

खोज पत्रकार केन्द्र नेपालले अन्तर्राष्ट्रिय खोज पत्रकारहरुको संयन्त्र ‘दि इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’को सहयोगमा निकालेको विवरण पछि यतिखेर मुलुकमा नयाँ वहस थपिएको छ । खोज पत्रकार केन्दकी अध्यक्ष नम्रता शर्मा यस विषयमा भन्नु हुन्छः विगतमा आएका रिपोर्टहरु पनि राजनीतिक ढाकछोपको आधारमा विलाए तर अब भने यसो हुनु दिनु हुँदैन ।

न्यूज २४ टेलिभिजनको नियमित प्रस्तुति इस्युज अफ द डे आइओडीमा टिभी जर्नलिष्ट स्मृति मल्लसंग कुरा गर्दै शर्माले भन्नुभयो ः खोज पत्रकार केन्द्र यो मामिलामा यही रोकिदैन थप खोजका लागि अघि बढ्छ । थप कुराकानी विस्तृतमाः

प्रतिक्रिया दिनुहोस्