क्रिकेटको शहरमा फुटबलको उल्लास

धनगढीमा निरन्तर क्रिकेट गतिविधीसँगै देशकै सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता भइरहेपछि तत्कालिन धनगढी नगरपालिका(हाल उपमहानगरपालिका)ले आफ्नो नगरपरिषद्को बैठकबाट धनगढीलाई क्रिकेटको शहरका रुपमा विकास गर्दै लैजाने निर्णय गर्यो र धनगढी देशमा क्रिकेटको शहरका रुपमा चिनिन थाल्यो।

घरेलु क्रिकेटमा पहिलोचोटी फ्रेन्चाइज टोलीसँगै खेलाडीको बोलकबोल(अक्सन) जस्ता नौला प्रयोग मार्फत चर्चामा आइरहने धनगढीलाई पछिल्लो दुई हप्ता भने फुटबलले चर्चामा ल्यायो। कारण थियो, दोस्रो संस्करणको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप।

गतवर्ष सुदूरपश्चिम–११ स्पोर्टस क्लबले गठन भएको तीन महिनामै सुदूरपश्चिममा गोल्डकपको नहुने अभावलाई चिर्दै पहिलो संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकपको घोषणा गरेको थियो। सोही प्रतियोगिताको दोस्रो संस्करण सोमबार धनगढीमा उल्लेख्य दर्शकहरुको उल्लासमय वातावरण माझ सम्पन्न भयो।

प्रतिक्रिया दिनुहोस्