इलाममा कोशेलीको व्यापारबाट मनग्ये आम्दानी

इलाम, २७ असोज । इलाममा यतिबेला व्यापारिक चहलपहल बढेको छ । इलाममा तत्ताकपडाको भन्दा पनि इलाममा उत्पादित कृषिजन्य सामाग्रीको व्यापार राम्रो हुने गरेको छ ।

इलामको व्यापारिक केन्द्र फिक्लमा यतिबेला इलाको कोशेली किन्नेहरुको भिड लाग्ने गरेको छ । विशेष गरि इलाम घुम्न आउनेहरुले इलामको चिनो स्वरुप विभिन्न प्रकारका कोशेलीहरु लिएर जाने गरेका छन् ।

झापा घर भइएकी प्रभा सापकोटा इलामको फिक्कलमा कोशेलीघरको व्यापार गर्दे आएकी छन् उनेले दैनिक पाँच हजारसम्मको इलाममा उत्पादित ललिपप, छर्र्पी, चिया र अकबरे खुर्सानीको पनि व्यापार गर्दै आएकी हुन् । इलाम घुम्न आउनेहरुले इलाममा उत्पादित सामाग्री कोशेलीको रुपमा लागने गरेको उनि बताउँछिन् ।

गतवर्षको तुलनामा यो वर्ष कोशेलीको व्यापार घटेको भए पनि जिविकोपार्जन गर्न मनग्ये पुग्ने उनि बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्