इलामका लेकाली किसान मुला खेतीमा आकर्षित

इलाम, २९ असोज । इलाम अन्य जिल्ला भन्दा कृषि उत्पादनमा अब्बल मानिदै आएको छ । इलाममा विभिन्न नगदेबालीहरुको उत्पादन हुने गरेको छ । पूर्वी नेपालको इलाममा विषेश गरि चियाको खेती हुने गरेको भए पनि यहाँका किसानहरुले अन्य नगदेबालीको पनि खेती गरेर राम्रो आन्दानी गर्ने गरेका छन् ।

इलाममा अदुवा, अम्लीसो, अलैँची जस्ता नगदेबालीको खेती भए पनि यतिबेला इलामका उत्तरी भेगका किसानहरुले भने मुला खती गर्ने गरेका छन् ।

अन्य खेतीको तुलनामा कम मेहेनत र कम खर्च लाग्ने मुला खेती इलामका किसानले वर्षमा २ सिजन गर्ने गरेको र यसबाट राम्रो आम्दनी हुने गरेको इलाम सुर्योदय नगरपालिका १ धप्परटारका कृषक रमेश राई बताउँछन् ।

इलामको देउमाई नगरपालिका, सन्दकपुर गाउँपालिका र इलाम नगरपालिका, माइजोगमाई गाउँपालिकाको उत्तरी भेगमा हुने मुलाखेतीबाट वार्षीक इलाममा ६ कारोड वढी आम्दानी हुने गरेको छ । सिजनको बेला २० रुपैया देखि ३० रुपैयासम्म बिक्रिहुने मुला भारतको दार्जिलिङ, सिलिगुडी र नक्सालवाडीमा निर्यात हुने गरेको छ । नेपालको झापा पनि इलामको मुलाको राम्रो बजार हो ।

प्रतिक्रिया दिनुहोस्