रानीपोखरी पुनर्निर्माण अन्योलमा,महानगरले आह्वान गरेको बोलपत्रमा परेका कम्पनी अयाेग्य ठहर

काठमाडौं । महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणका लागि पुनः बोलपत्र आह्वान गर्नेभएको छ ।महानगरको मागअनुरुपको बोलपत्र र आशयपत्र पेश गरेका दुवै निर्माण कम्पनी योग्यता नपुगेपछि पोखरी पुनः निर्माणका लागि पुनः बोलपत्र आह्वान गर्ने भएको हो ।

भूकम्प गइसकेपछि दोस्रोपटक पुनः निर्माणका लागि काठमाडौँ महानगरपालिकाले बोलपत्र आह्वान गरी निर्माण कार्य अघि बढाउने तयारी गरेको थियो । तर, त्यसमा मागअनुरुपको आशयपत्र नपरेको महानगरको दावी छ । यसअघि काठमाडौँ महानगरपालिकाले मन्दिरसहित रानीपोखरीको पुनर्निर्माण गर्दा पुरातत्व विभागले बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा निर्माण गरेको र निर्माणका क्रममा सिमेन्ट प्रयोग गरेको भन्दै विवाद सिर्जना भएपछि निर्माणको सम्पूर्ण काममा रोक लगाइएको थियो ।

पुनर्निर्माणको काम अन्योल भएसँगै यस वर्ष पनि तिहारमा बालगोपालेश्वर मन्दिरको प्रयोग गर्न नपाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्