सुन तस्करी र सनम हत्या प्रकरणः एक अभियुक्त पक्राउ

काठमाडौं, २९ असोज । सुन तस्करी र सनम हत्या प्रकरणमा प्रहरीले खोजी गरिरहेका एक अभियुक्त पक्राउ परेका छन् ।

सुनसरी इटहरी उपमहानगरपालिकाका ३२ वर्षीय बेनु श्रेष्ठ युएईबाट पक्राउ परेका हुन्। इन्टरपोलको सहयोगमा पक्राउ परेका उनलाई आइतबार काठमाडौं ल्याइएको छ । श्रेष्ठ विरुद्धजिल्ला अदालत मोरङमा फरार अभियुक्तका रूपमा मुद्दा दायर छ । श्रेष्ठले दुबईमा बसेर नेपालमा सुन तस्करी गर्ने गरेको सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, मुख्य आरोपी चुडामणि उप्रेतीका भाइ रमेश उप्रेती, हरिशरण खड्का र बेनु श्रेष्ठ विरुद्ध गत असारमा रेड कर्नर नोटिस जारी गरेको थियो । ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त चुडामणी उप्रेतीका गोरेका भाइ रमेश उप्रेती लगायत अरू पनि प्रहरीको रेड कर्नर नोटिसमा छन् ।

उप्रेती पनि पक्राउ परिसकेका छन् । उनलाई नेपाल ल्याउने प्रक्रिया चलिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्