सिन्धुलीमा जिप दुर्घटना : एकै परिवारका पाँच जना घाइते

सिन्धुली । सिन्धुलीमा जिप  दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । दुर्घटनामा एकै परिवारका पाँचजना घाइते भएका हुन् ।

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सेल्फीडाँडा मुनी सोमबार दुर्घटनामा परेका मध्य तीन जना गम्भिर घाइते भएका छन् । उनीहरुको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको प्रहरीले बताए । अन्य सामान्य घाइतेहरुको भने जिल्ल अस्पतालमा उपाचार भइरहेको पनि प्रहरीले बताइएको छ ।

बा २ च २११३ नम्बरको जिप दुर्घटनामा सुनिता तामाङ, र उनकी छोरी सुप्रिया तामाङ संगै पाँचजना घाइते  भएको प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्