अभिनेत्री नागा झाँसीले के कारण गरिन् आत्महत्या ?

एजेन्सी । तेलुगु टिभि उद्योगकी चर्चित अभिनेत्री नागा झाँसीले बुधबार आत्महत्या गरेकी छन् । अभिनेत्री झाँसीले आफ्नै फ्ल्याटमा आत्महत्या गरेकी हुन् । २१ वर्षीया अभिनेत्री झाँसी हैदरबादको श्रीनगर कोलोनीमा रहँदै आएकी थिइन् ।

अभिनेत्री झाँसीको शव कोठाको पंखामा झुण्डिरहेको अवस्थामा भेटिएको जनाइएको छ । पिंकविलाको रिपोर्टका अनुसार अभिनेत्री झाँसी घरमा एक्लै भएकी समयमा आत्महत्या गरेकी हुन् ।

स्थानीय प्रहरीका अनुसार अभिनेत्री झाँसीकी भाई दुर्गा प्रसादले ढोका ढकढक्याउँदा भित्रबाट कुनै पनि आवाज आइरहेको थिएन । त्यसपछि उनले आफ्नो छिमेकीहरुसँग यो कुरा बताए । त्यसपछि उनीहरुले ढोकालाई फोडेर भित्र छिरे, तर त्यतिबेला अभिनेत्री झाँसी पंखामा झुण्डिरहेकी अवस्थामा भेटिइन् ।

अहिले अभिनेत्री झाँसीको शब पोष्टमार्टमका लागि गान्धी अस्पताल लगिएको छ, भने पंजगट्टा प्रहरी स्टेशनमा केश दर्ता गरिएको छ । अहिलेसम्म आत्महत्या गर्नुको कारण भने खुलासा गरेको भएको छ । रिपोर्टका अनुसार केही महिनादेखि उनी डिप्रेशनमा थिइन् ।

प्रतिक्रिया दिनुहोस्