दशैं मान्न हिडेका श्रीमान् श्रीमतीको मृत्यु ,छोरा गम्भिर घाइते

रोशी । दोलखा सैलुङ गाँउपालिका–७ का सोनाम लामाको परिवारलाई दशंै दशा बन्न पुगेको छ । सबै परिवार हासीखेली रमाउला भनेर काठमाण्डौंबाट हिडेका उनको परिवारलाई दशा बन्न पुगेको छ ।

काभ्रेको रोशीगाँउपालिकामा स्कारपियोको ठक्करवाट एक दम्पत्तिको मृत्यु भएको छ भने उनीहरुकै छोरा गम्भिर घाइते भएका छन् । सोमवार बिपी राजमार्गको कालढुंगामा बा ७५ प १९४९ नंम्बरको स्कूटरलाई बिआर ३२ जे ३५७५ नंम्करको स्कारपियाले ठक्कर दिदा स्कूटरमा सवार दोलखा जिल्ला सैलुङ गाँउपालिका–७ का ३५ बर्षिया सोनाम लामा, उनकी श्रीमती बर्ष ३० की बिमला लामा र उनीहरुकै छोरा बर्ष ११ को मनिष लामा घाईते भएका थिए ।

घाईतेमध्ये स्कूटर चालक सोनाम लामाको उपचारको क्रममा धुलिखेल अस्पताल, उनकी श्रीमती बिमलाको उपचारकै क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो । गम्भिर घाइते भएका मनिषको धुलिखेल अस्पतालमै उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्