फिल्म ‘रुमालै छ चिनो’को पोष्टर सार्वजनिक

काठमाडौँ । ट्रेलर र गीत रिलिज भइसकेको फिल्म ‘रुमालै छ चिनो’ को पोष्टर सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएकोे चार पोष्टरमा अभिनेता सुशान्त कार्की र अभिनेत्री अप्सना थापाको मुख्य भूमिकामा देखाइएको छ । दिनेश सिंह ठकुरीले निर्देशन गरिएको यो फिल्म ज्योती फिल्मस्को ब्यानरमा बनेको छ ।

चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम प्रसाद पाण्डेको सयुक्त लगानी भएको यो फिल्म चर्चित गायक रेशम थापाको लोकप्रिय गीत ‘रुमालै छ चिनो’ नाम सापटी लिएर निर्माण गरिएको हो ।

निर्देशक ठकुरीका अनुसार पोष्टर रिलिज गरेसँगै पोष्ट प्रोडक्सनको काम भइरहेको छ ।फिल्ममा रेशम थापाको कथा छ । अर्जुन पोखरेल र अञ्जु पन्तको स्वर रहेको ‘ए माया‘’ बोलको गीत सार्वजनिक भइसकेको छ । बिनोद सापकोटाले छायांकन र शिब थारुले सम्पादन गरेका हुन् ।

फिल्ममा सुशान्त र अप्सनासंगै किशोर खतिवडा, संचिता लुइँटेल, रश्मी भट्ट, मिथिला शर्मा लगायतका कलाकारहरुले अभिनय गरेका छन्। फागुन १० गतेबाट फिल्म देशभर प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्