दशैंमा बैंकका मूख्य यी साखाहरु खुुल्ने

काठमाडौँ । दशैंमा पाँच दिन सार्वजनिक विदा भएपनि बैंक तथा वित्तिय संस्थाहरु भने खुल्ने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले ३ सय ६५ दिन नै ग्राहकहरुलाई सेवा प्रदान गर्ने उद्धेश्यले मुख्य शाखाहरु खुल्ला गर्ने भएका हुन् ।

सरकारले दशैं मनाउन ५ दिन सम्म विदा दिने निर्णय गरेको छ । यस वर्ष असोज ३० गतेबाट कात्तिक ३ गतेसम्म विदा दिएको छ । तरपनि बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न शाखहरुबाट सिमित रुपमा बैकिङ सेवा प्रदान गर्ने जनाएका हुन् । बैकहरुले नगद भिक्ने र राख्ने सेवा दशैंको विदामा पनि दिने निर्णय गरेका हुन् । विदाको समयमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निष्चित शाखा तथा बैंकिङ कार्यालय खुला गर्न लागेका छन् । जनता बैंक, नबिल बैंक, एनएमबी बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, सानिमा बैंक, सेञ्चुरी बैंक, सनराइज बैंक, लगायत अन्य बाणिज्य बैंक तथा वाणिज्य बैंकहरु खुल्ला रहने सुचना जारी गरेको हो ।

राजधानीको न्यूरोड, पुतलीशडक, बानेश्वर, पुल्चोक, गंगबु लगायत सूर्यविनायक, विराटनगर सँगै विभिन्न स्थानहरुमा दशैंको समयमा पनि कारोवार गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्