धार्मिक पर्यटकीयस्थल अकला मन्दिरको अलगै महत्व

  • श्यामशितल परियार

लमजुङ । लमजुङको प्रसिद्ध अकला मन्दिरको बेग्लै महत्व रहेको छ । दुर्गादेवीको पूजा हुने यो मन्दिरमा भाकल गर्ने दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ । तर, संरक्षणका लागि खासै पहल हुन सकेको छैन । धार्मिक मात्र नभएर पर्यटकीय दृष्टिकोणले पनि अकाला मन्दिरको संरक्षण आवश्यक रहेको छ ।

लमजुङको धार्मिक तथा ऐतिहासिक अकला मन्दिर पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिन्छ । जंगलको मध्य भागमा रहेको यो मन्दिर परिसरबाट समथर फाँट हेर्दाको आनन्द अलगै हुन्छ । सडकबाट झण्डै २ सय मिटर ढुंगा विछ्याएर मन्दिर उक्लने सिंडी बनाइएको छ । लमजुङको सुन्दरताको एउटा भाग बोकेको अकला मन्दिरमा मनोकांक्षा पुरा हुने विश्वास सहित भाकल गर्ने गरिन्छ । बोल्न नसक्ने सन्तानको बोलीका लागि भाकल गरे पुरा हुने जनविश्वास रहेको छ ।

केही वर्ष पहिले मूर्ति मात्र रहेको अकलामा मन्दिर निर्माण गरिएको छ । अहिले स्थानीयले मन्दिरको संरक्षण संवद्र्धनमा योगदान पु¥याउँदै आएका छन् । मूल अकला मन्दिरसंगै शिव मन्दिर, गणेश मन्दिर पनि बनाईएको छ ।

औंशी, एकादशी, रामनवमी, सोह्रश्राद्ध र श्रावण महिनामा बाहेक अन्य बेला बली चढाउने परम्परा रहँदै आएको छ । मूल मन्दिरमा भने बलि चढाईदैन । लमजुङ सहित, तनहुँ, पोखरा, गोरखा, स्याङ्जा पर्वत, काठमाडौँ, पोखराका साथै देशका विभिन्न ठाउँबाट भक्तजन पूजाआजाका लागि अकला मन्दिरसम्म आउँने गर्छन ।

पर्याप्त रुपमा मन्दिरको संवद्र्धन र प्रचार प्रसार गर्न सके धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न सम्भव रहेको छ । त्यसका लागि स्थानीय सरकारले समेत चासो दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्