ललितपुरका खोकनाबासी कहिले मनाउँदैनन् दशैं 

ललितपुर । खोकना, ललितपुरको जावलाखेलबाट सात/आठ किलोमिटर दक्षिणमा पर्ने पुरानो नेवार बस्ती । तोरीको तेलका लागि नाम कमाएको खोकनासँग दसैं नमनाउने अर्को पहिचान पनि छ । हिन्दू र बौद्ध धर्मावलम्बीको बाहुल्य रहेपनि खोकनाबासीलाई कहिल्यै पनि दसैंको रौनकले छुदैन् ।

ठूलो र सानो गरी खोकना दुई भागमा विभाजित खोकनामा करिब एक हजार घरधुरीमा झण्डै पाँच हजारको बसोबास छ । जसमध्ये झण्डै नब्बे प्रतिशत डंगोल र महर्जन छन् । पुरानो बस्तीबाट अहिलेको खोकना (नया“ बस्ती) मा बसाइ“ सरेदेखि नै दसैं मनाउन छोडिएको हो भन्छन् स्थानीय । तर, बसाइ“ कहिले सरियो र दसैं कहिलेबाट मनाउन छोडियो, यसको तिथि–मिति कसैलाई थाहा छैन् । तान्त्रिक शक्तिकै कारण यहाँ दसैं नमनाइएको धेरैको विश्वास छ ।

बस्ती सार्दा तान्त्रिकहरुले सिद्धिकाली जात्राको मिति पनि सारेको विश्वास गरिन्छ । पहिला यो जात्रा गाईजात्राको दिन मनाइन्थ्यो । बस्ती सारेसँगै जात्राको मिति पनि सारेपछि देवीलाई त्यो स्वीकार्य भएन । नया“ देवीलाई मन्जुर हुनेगरी नया“ मिति जुराउ“दा दसैंमा प¥यो । त्यसपछि यहाँ दसैं मनाउन छोडिएको हो भन्छन् स्थानीय । खोकनाबासी गाईजात्राको दिन दसैं मान्छन्, तर टिकाजमरा लाउ“दैनन् । उनीहरुको गाईजात्रा पनि पात्रोभन्दा एक दिन ढिला पर्छ । गाईजात्रालाई दसैंका रुपमा मनाउने हु“दा अहिलेको दसैंको यहाँ कुनै उत्साह छैन ।

सिद्धिकालीको जात्रा आश्विन शुक्लपक्ष तृतीयाको दिन सुरु भई नवमीसम्म चल्छ । दसैं मान्नेलाई दसैं खर्च र सामग्री जोरजाम गर्ने चटारो रहेका बेला खोकनाबासी भने सिद्धिकाली जात्रा कसरी धुमधामसँग मनाउने भन्ने चिन्तामा हुन्छन् । असोज शुक्ल तृतीयाको दिनबाट सुरु हुने सिद्धिकाली जात्रा दशमीका दिन सकिन्छ ।

जात्राका बेला खोकनाबासी सबै नातेदारलाई बोलाएर भोज खुबाउँछन् । तर, टिकाजमरा लगाउ“दैनन् । टाढा रहेका आफन्तकहा“ टिका थाप्न जा“दैनन्, न टिका लगाउन कसैलाई घरमा आमन्त्रण नै गर्छन् । अन्यत्र दसैंको टीका लगाउने चहल–पहल हुँदा खोकनामा जात्रा सक्ने चटारो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्