‘वोमनिया’ को सुटिङ सुरु, तापसी पन्नुले सार्वजनिक गरिन् जानकारी

एजेन्सी । अनुराग कश्यापको निर्देशनमा बनिरहेको फिल्म ‘वोमनिया’को सुटिङ सुरु पुनः सुरु भएको छ । यो फिल्मको सुटिङ पछिल्लो समय टाइटलको विवादका कारण रोकिएको थियो । फिल्ममा अभिनेत्री तापसी पन्नु मुख्य भुमिकामा छन् ।

फिल्मको सुटिङ पुनः सुरु भएपछि अभिनेत्री तापसी निकै उत्साहित छन् । अभिनेत्री तापसीले सोसल मिडियामा सुटिङको तस्वीर सेयर गरेकी छन्, साथै क्याप्शनमा आफ्नो भावनालाई पनि समेटेकी छन् ।

उनले सेयर गरेकी तस्वीर सुटिङ सेटको हो, जहाँ उनी दुई गाउँले युवतीको गेटअपमा देखिएकी छन् । उनीहरुको साथमा निर्देशक अनुराग कश्याप पनि देखिएका छन् । तापसीले क्याप्शनमा लेखेकी छन्, ‘कहिले मेरो फिल्मको सुटिङ बन्द गरिदिन्छन्, त कहिले टाइटल विवादमा तानिदिन्छन् । मैले सोचे, म आफैले फिल्मको घोषणा गर्छु । अब जसले उडाउनु छ, उडाउनु । देशकै पुरानो र कुलेष्ट सुटर्शमा आधारित फिल्मको सुटिङ सुरु ।’

यो फिल्मलाई लिएर केही चर्चाहरु बाहिरिएका छन्, जुन फिल्म वास्तविक जीवनीमा घटेको घटनामा आधारित छ । यो एक स्पोर्टस् ड्रामा हो । निर्माता प्रतिश नन्देसँग टाइटललाई लिएर निर्देशक अनुरागको विवाद भएको कारण फिल्मको सुटिङ रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्