एरिक भेल्लीको निर्देशनमा तयार वृत्तचित्र ‘वियोण्ड द क्लाउड’ नेपालमा प्रिमियर ( भिडियो)

काठमाडौँ । ओस्कार नोमिनेटेड फ्रान्सेली निर्देशक एरिक भेल्लीको निर्देशनमा तयार वृत्तचित्र ‘वियोण्ड द क्लाउड’को नेपालमा प्रिमियर गरिएको छ । आइतबार काठमाडौंको कुमारी हलमा आयोजित प्रिमियरमा वृत्तचित्रले प्रशंसा बटुलेको छ ।

‘हनि हन्ट’, ‘क्याराभान’जस्ता उत्कृष्ट नेपाली वृत्तचित्रहरु निर्माण गरी नेपाली परिवेशलाई विश्वभर चिनाउँदै आएका एरिकको यस वृत्तचित्रमा भूकम्पपछिको ग्रामिण हिमाली जनजीवनलाई देखाइएको छ । वृत्तचित्रमा गाँउकै वास्तविक पात्रहरु १५ वर्षीय २ किशोरहरु राज गुरुङ, शिव गुरुङ र ६६ वर्षीय छेवाङ गुरुङ केन्द्रीय भूमिकामा छन् । प्रिमियरमा नेपाली तथा विदेशी चलचित्रकर्मी, सञ्चारकर्मी तथा दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

थप भिडियोमा हेनुहोस ( भिडियो)

प्रतिक्रिया दिनुहोस्