भारतको तामिलनाडुमा दिइन्छ प्रसाद स्वरुप ‘विर्यानी’

काठमाडौं । मन्दिरमा प्रसाद स्वरुप फलफूल र मिठाई दिने गरिन्छ । तर, भारतमा यस्तो पनि मन्दिर छ, जहाँ भक्तजनलाई प्रसाद स्वरुप बिर्यानी दिइन्छ ।

भारतमा एउटा यस्तो मन्दिर छ, जहाँ मन्दिर दर्शन गर्न पुग्ने भक्तजनलाई बिर्यानी दिइन्छ । तमिलनाडुको वडक्कमपट्टी नामक स्थानमा मुनियण्डी स्वामीको मन्दिरमा प्रसाद स्वरुप बिर्यानी दिने चलन छ ।

विशेष उत्सवका अवसरमा १ हजार किलो चामल, २ सय ५० बाख्रा र ३ सय कुखुराको बिर्यानी बनाएर बाँड्ने गरिन्छ । मुनियण्डी स्वामीको मन्दिरमा पेटभरि प्रसाद खुवाइन्छ ।

देशको फरकफरक हिस्साबाट आउने भक्तका लागि उल्लेख्य मात्रामा बाख्रा र कुखुराको बलि दिइने गरिन्छ । त्यही बलिको प्रसाद स्वरुप बिर्यानी वितरण गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्