रहस्यमय देश उत्तरकोरियाको अचम्म लाग्ने कानून

काठमाडौं, २९ असोज । बाहिरी विश्वका लागि उत्तर कोरिया रहस्यमय देश हो । नागरिकका अधिकार धेरै छैनन् । अचम्म त के छ भने– उत्तर कोरियाली नागरिकको आफ्नै कार हुदैन । झट्ट सुन्दा कोरियाली मुलुकमा आफ्नै कार नभएका नागरिक पनि हुन्छन् भन्दा अचम्म लाग्न सक्छ । तर, त्यहाँका नागरिकलाई आफ्नो कार खरिद गर्ने छुट छैन ।

अन्य मुलुकमा निकै सामान्य मानिने विषय हो, निजि कार । तर, उत्तर कोरियामा कसैलाई निजि कार खरिद गर्ने छुट हुँदैन । यहाँको कानून, मूल्य÷मान्यता अनौठा छन् । यहाँका नागरिक कहिले पनि आफ्नै गाडीमा आरामदायक यात्रा गर्न पाउँदैनन् । उत्तर कोरियालीलाई निजी कार राख्ने अनुमति छैन । सेना र सरकारी अधिकारीहरुले मात्र कार राख्न पाउने कानुन छ ।

दुनियामा जहाँ पश्चिमी संस्कृतिका पहिरन टे«न्ड बनेको छ तर उत्तर कोरियामा जिन्स लगाउनु पनि अपराध हो । यदि कसैले जिन्स लगाएमा सजाय दिइन्छ । त्यस्तै यहाँ कसैले अपराध गरेमा तीन पुस्तासम्म सजायको भागिदार हुने कानुन रहेको छ । इन्टरनेटको प्रयोग गर्न नपाइने, धार्मिक पुस्तक पढ्न नपाइने लगायत अन्य देशमा सामान्य कुराअरु समेत यहाँ भने वर्जित छ ।

प्रतिक्रिया दिनुहोस्