फुलहमलाई तीन गोलले पराजित गर्दै म्यानचेस्टर युनाइटेड चौथो स्थानमा

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड तीन गोलले विजय भएको छ ।

म्यानचेस्टर युनाइटेडले ३ गोल लिदा फुल्ह्याम ० गोल मै सिमीत भएको हो । फुलहममाथि जित हासिल गर्दै म्यानचेष्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिन सफल भएको छ।

म्यानचेस्टर युनाइटेडले पहिलो हाफको १४ औं मिनेटमा एक गोल गरेर अग्रता लिएको थियो । ६५ औं मिनेटमा म्यान्यूले पेनाल्टी पाए । उक्त पेनालटीलाई पोग्वाले गोलमा परिणत गरेपछि म्यानचेस्टर युनाइटेड जितको नजिक पुग्न सफल भए ।

म्यानचेस्टर युनाइटेडले दोस्रो हाफमा अर्को एक गोल थपेपछि जित हासिल गर्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्