नेपाली कांग्रेसभित्र पार्टी विधानलाई लिएर तिव्र मतभेद

काठमाडाै‌ । नेपाली कांग्रेसभित्र पार्टी विधानलाई लिएर फेरि तिव्र मतभेद उत्पन्न भएको छ ।
काठमाडौमा सम्पन्न महासमितिबाट पारित भएका कतिपय विषयलाई विधानमा समावेश नगरिएपछि कांग्रेसभित्र तिव्र मतभेद देखिएको हो ।

महासमितिले पारित गरेको केन्द्रीय सभापतिदेखि केन्द्रीय सदस्यसम्म सबै बुथ कमिटिबाटै निर्वाचित भएर आउनुपर्ने र सरकारी तथा पार्टीको पदमा आरक्षणको अवसर एकपटक मात्रै दिनुपर्ने विषयमा मुख्य विवाद देखिएको छ ।

महासमिति बैठकले पारित गरेका विषयहरु विधानमा हुबहु समेट्न नसकिने संस्थापन पक्षको अडानले विधानलाई अन्तिम रुप दिन ढिलाई भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्