१३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट वितरण

काठमाडौं, २९ असोज । नेपाल राष्ट्रबैंकले यस वर्ष करिब १३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही भएको जानकारी दिएको छ । राष्ट्रबैंकले दशैंका लागि सोमवार सम्म नयाँ नोट सटहीको व्यवस्था गरेको थियो ।

दशैंमा नयाँ नोट साट्ने प्रचलन अनुसार नेपाल राष्ट्र बैंकले यस वर्ष पनि फुलपातिको अघिल्लो दिन सम्म नयाँ नोट साटन सक्ने व्यवस्था गरेको थियो । राष्ट्रबैंकले सोमबार सम्म ५, १० ,२०, ५० र १०० दरका करिब १३ अर्ब रुपैयाँ बराबरको नोट सटही भएको जानकारी दिएको छ । पछिल्लोे समय सहकारी संस्थाहरुको माग अत्यधिक देखिएको राष्ट्र बैंकको भनाइ छ । यस वर्ष प्रतिव्यक्ति २७ हजार, सहकारी संस्थाहरुलाई दुई देखि तीन लाख सम्म नयाँ नोट उपलब्ध गराएको थियो ।

पछिल्लो समय नोटको प्रयोग बढदै गएकाले यसको हिफाजतमा समेत ध्यान दिन राष्ट्र बैंकले आग्रह गरेको छ । नोटमा फोहोर नगर्न समेत राष्ट्र बैंकको आग्रह छ ।

नोट मुलुकको प्रतिष्ठाको विषय भएकाले पनि नागरिकले यसको प्रयोगमा ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्