ब्रेकअपपछि नेहाले भनिन् : सिंगलनै खुशी छु

एजेन्सी । बलिउडमा छुट्टै पहिचान र स्थान बनाउन सफल गायिका नेहा कक्कड सन् २०१८ भरी पर्सनल लाइफको कुराले चर्चामा रहिन् । नेहा र नायक हिमांन्श कोहली बिचको प्रेम ब्रेकअपमा परिणत भयो । नेहाले आफ्नो ब्रेकअपकाे पिडा सामाजिक संजालमा आफ्नो फ्यानका बिच शेयर पनि गरिन् ।हालै नेहाले आफ्नो ब्रेकअपको कारण बताएकी छिन् ।

नेहाले एक चर्चित वेबसाइटसँग अन्तरवार्ता दिने क्रममा भनेकी छिन् हिमान्श नेहाको प्रेमी हुन लायक थिएनन् । हिमान्शको सधैं गुनासो हुने गर्थ्यो कि नेहाले उनलाई समय दिइनन् नेहाले उनलाई समय दिंदा आफ्नो परिवार र साथीहरुलाई समय दिन सक्दिन थिइनन् तर पनि यो हिमान्शले कहिल्यै बुझेनन् उनको लागि आफ्नो साथी भाइ टाढिए तर पनि हिमान्श भनिरहन्थे कि नेहाले समय नै दिन्नन् त्यसै कारण यि जोडी अलगिए । नेहाले भनिन् कि उनी अब सिंगल नै बस्न चाहन्छिन् र यसैमा खुशी छिन् ।

केहि महिना पहिले हिमान्शले इंडियन आइडलको कार्यक्रमका बिच सवैको अगाडि नेहालाई प्रेम प्रस्ताव राखेका थिए र नेहाले पनि त्यसलाई स्विकार गरेकी थिइन् ।ब्रेकअप पछि यि दुवैले एकअर्काको फोटो आफ्नो शोसल मिडियाको साइटबाट हटाएका छन् र दुवैले एकअर्कालाई अनफलो गरेका छन् ।

नेहा सोशल मिडियामा धेरै फलोअर्स भएकी सेलिब्रेटीमा पर्छिन् ।उनको स्वरको लाखौं फ्यान छन् । नेहा आफ्नो फ्यानको साथमा रहेका धेरै फोटोहरु भिडियोहरु शेयर गर्ने गर्छिन् ।नेहाले आफ्नो ब्रेकअपको खवर पनि इन्स्टाग्राममा शेयर गरेकी थिइन् ।यतिखेर ब्रेकअपपछिको पिडा भुलेर नेहा सामान्य जिन्दगीमा फर्किएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्