नेविसंघको वर्तमान केन्द्रीय समिति भंग गर्न नेपाली कांग्रेसकाे बैठक जारी

काठमाडाैं । नेपाल विद्यार्थी संघको वर्तमान केन्द्रीय समिति भंग गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक जारी छ ।

संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तर्दथ समितिमा जोड दिएपछि वर्तमान कार्य समिति भंग हुन लागेको हो । बैठकले नेविसंघमा ३२ वर्षे उमेर हद लागू गरी तदर्थ समिति बनाउन लागिएको छ । यता, कृष्ण प्रसाद सिटौला समूह भने यही कार्यसमितिलाई केही महिना थप गरी १२ औं महाधिवेशन गर्न दिनुपर्ने पक्षमा छ । दुई पटक गरी पाँच महिना बढी समय थपिए पनि महाधिवेशन गर्न वर्तमान कार्यसमितिले नसकेपछि पार्टीका दुई समूह भङ्ग गर्ने पक्षमा देखिएका हुन् ।

माघ १० गतेदेखि जारी बैठक सरकार विरोधी मुद्दामा केन्द्रित भएपछि कार्यकाल सकिएको संघका बारेमा छलफल हुन सकेको थिएन । जिल्ला सभापतिहरुले महाधिवेशन प्रतिनिधि हुन तल्लो तहबाटै निर्वा्चित भएर आउनुपर्ने र आरक्षण एकपटक मात्रै लागू हुनुपर्ने प्रस्ताव महासमिति बैठकमा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्