टस जित्दै रुपन्देही च्यालेन्जले महेन्द्रनगरका विरुद्ध ब्याटिङ गर्दै

कैलाली । धनगढी प्रिमियर लिग तेस्रो सिजनको दोस्रो खेल महेन्द्रनगर युनाइटेड र रुपन्देही च्यालेन्जबीच हुदैछ । रुपन्देही च्यालेन्जर्सले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ भने महेन्द्रनगर युनाइटेडले फिल्डिङ गर्दैछ ।

धनगढी प्रिमियर लिग तेस्रो सिजनको विजेता टोलीले ३० लाख नगद रुपैयाँ प्राप्त गर्दा उत्कृष्ट ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै उपविजेता, तेस्रोले चौथो हुने टोलीले क्रमस १२ लाख, तेस्रोले ४ लाख र चौथो हुने टिमले २ लाख नगद रुपैयाँ प्राप्त गर्दा मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगिताको गोल्डस्टार मोष्ट भेल्युवल प्लेयरलाई गोल्डस्टार सुनको जुत्ता पाउनेछ ।

प्रत्येक खेलका नबिल बैंक म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको छ । आज देखी सुरु भएको प्रतियोगिता फागुन ११ गते सम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्