उत्तर कोरिया र अमेरिकाबीच हुने शिखर वार्ताप्रति दक्षिण कोरियालीहरुको दुईथरी मत

एजेन्सी । यतिखेर विश्वभरमा भियतनाममा हुने उत्तर कोरिया र अमेरिकाबीचको शिखर वार्ताबाट महत्वपूर्ण परिणाम निस्कने आशा व्यक्त गरिएको छ । दुबै मुलुकका राष्ट्राध्यक्षबीच फेब्रुअरी २७ र २८ मा भियतनामको हनोईमा वार्ता हुँदैछ ।

हालै अमेरिकी प्रशारण संस्था सिबीएसले दक्षिण कोरियामा एक जनमत सर्वेक्षण गर्यो । सर्वेक्षणमा सहभागीमध्ये अधिकांशले यो वार्ताले दुई देशबीचको सम्बन्धमा सुधार आउने अपेक्षा गरेको बताइएको छ ।

उक्त सर्वेक्षणमा सहभागीमध्ये सहभागीमध्ये ६२ दशमलब ५ प्रतिशतले वार्ताबाट उत्तर कोरियाली आणविक समस्या समाधान हुने अपेक्षा गरेका थिए भने बाँकी ३५ प्रतिशतले वार्ता सकारात्मक हुनुको साटो उत्तर कोरिया र अमेरिकाबीचको पारस्परिक सम्बन्ध थप कमजोर बन्नेमा चिन्ता व्यक्त गरेका थिए ।

अमेरिकी प्रशारण संस्था सिबीएसका निम्ति गरिएको उक्त सर्वेक्षणमा दक्षिण कोरियाका ५०१ जना वयस्क व्यक्तिलाई प्रश्न सोधिएको थियो । रियलमिटरले सर्वेक्षणलाई जतिसक्दो भरपर्दो बनाउने प्रयास गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्